बिहानी युवा क्लबद्वारा शहीदको सम्झनामा दिप प्रज्वलन
यमु कडेल, बाँके । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहँदैं आएको बिहानी युवा क्लबले शहीद दिवसको अवसर पारेर आज शुक्रवार साँझ दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने महान् शहीदप्रति सम्मान गर्दै आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
युवा क्लबले पनि बाँकेको मदनचोकमा दिप प्रज्वलन गर्दै शहीदहरुको सम्झना गरेका छन् । शहीदहरुप्रती १ मिनेट मौनधारण गर्दै उनीहरुले वीर शहिदहरुलाई सम्मान गर, वीर शहिद अमर रहुन, शहिद परिवारलाई न्याय दे भन्दै प्ले कार्ड देखाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य नारायण प्रसाद गौडेलले शहिदहरुको अतुलनीय योगदानलाई कसैले पनि बिर्सन नहुने बताउनुभयो । शहीदहरुको सपना साकार पार्न सम्पूर्ण नेपाली जनता अब दत्तचित्त भएर लाग्नु पर्ने बेला आएको नेता गौडेल बताए ।
क्लबका सल्लाहकार युबराज बिष्टले आज शहिदहरुले गर्दा हामी यो ठाउँमा उभिएको बताउनुभयो ।
अहिले सरकारले सबै किसिमको पार्टीगत कार्यक्रम हुँदा बिदा दिने, कोहि मर्दा कोहि जन्मदा एक दिन बिदा दिने तर वीर शहिदहरु जस्ले यो देशको मुहार परिवर्तन गर्न देशको लागि आफुहरु सहादत भै सक्दा पनि सरकारले एकदिन पनि बिदा नदिने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।
दिप प्रज्वलन गर्न उपस्थिति सम्पुर्ण व्यक्तिहरुप्रति धन्यवाद दिँदै मदन भण्डारीले कार्यक्रमको सम्बोधन सहित समापन गरेका थिए । कार्यक्रममा समाजसेवी, व्यवसायी, राजनीतिज्ञ, पत्रकार लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
आजकै दिन एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालिन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।