बुधबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, २८ माघ । नेपालमा बुधबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ६७ परिक्षणका क्रममा थप १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमा काठमाडौं उपत्यकाका ६५ जना समेत रहेका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । त्यस्तै थप १ सय १८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल ८८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । हाल आइशोलेशनमा १७५३ जना रहेका छन् । हालसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ४ हजार ६ सय २६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button