बैतडीका थप २ जनामा कोरोना संक्रमण

२५ कार्तिक २०७७ ,बैतडी / बैतडीका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशाला भएको परीक्षणमा दशरथचन्द नगरपालिका ४ का २७ वर्षीय पुरुष र दोगडाकेदार गाउँपालिका ४ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसंगै बैतडीम संक्रमितको संख्या ४९५ पुगेको छ । ४९५ संक्रमित मध्ये २६ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button