बैतडीका ७ स्थानीय तहमा अस्पताल शिलान्यास

१५ मंसिर, २०७७ सोमबार । बैतडीका ७ ओटा स्थानीय तहमा अस्पतालहरु शिलान्यास गरिएका छन् ।
संघीय सरकारले अस्पताल स्थापनाका लागि स्थानीय तहमा रकम पठाएपछि देशभर आज ३९६ ठाउँमा अस्पताल शिलान्यास गरिएका हुन् ।
बैतडीका ७ ओटा स्थानीय तहमा १५ र १० शैय्याका अस्पताल शिलान्यास गरिएका स्वास्थ्य कार्यालयका बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
बैतडीको पाटनमा र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ शैय्याको अस्पातल स्थापना गरिएको छ ।
यस्तै सुर्नयाको रौलेश्वरमा, डिलाशैनी गाउँपालिकमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा र दोगडाकेदार गाउँपालिकाको सित्तडमा १० शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।
संघीय सरकारले १५ शैय्याको अस्पातलका लागि १ करोड र १० शैय्याको अस्पातलको लागि ८५ लाखका दरले बजेट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो ।
पालिकास्तरमा अस्पातल भवन बन्ने भएपछि स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने उहाँले जानकारी दिनुभयो ।