बैतडीकी भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि वृहत प्रदर्शन

बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले  तेस्रो दिनपनि प्रदर्शन गरेका छन्।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित उनीहरुले जिल्ला प्रशासन अगाडि प्रदर्शन गरिरहेका छन्। भागरथीका गाउँले, विद्यार्थी तथा सहकर्मीहरुले हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। उनको बलात्कापछि हत्या भएको आशंका प्रहरीले गरेको छ। यद्यपी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button