बैतडीको जिल्ला अस्पतालमा प्रत्येक शुक्रबार बिशेषज्ञ चिकित्सक आउने

जिल्ला अस्पताल बैतडीमा इन्टरनल मेडिसिन बिषयका बिशेषज्ञ चिकित्सक आउने भएका छन् ।

डडेल्धुरा अस्पतालबाट स्याटेलाईट क्लिनिक सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत पुष ३ गते ईन्टरनल मेडिसिन बिषयका बिशेषज्ञ चिकित्सक जिल्ला आउने भएका डाक्टर बसन्तराज जोशीले जानकारी दिनुभयोे ।

सङ्घीय सरकारको पहलमा जिल्ला अस्पताल बैतडीमा प्रत्येक शुक्रबार फरक-फरक बिषयका बिशेषज्ञ चिकित्सक आउने भएका छ्न पुष ३ गते मुटु, मधुमेह, फोक्सो, पेट र उच्च रक्तचापका बिरामीका लागि इन्टरनल मेडिसिन विषयका चिकित्सक आउने डा. जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button