बैतडीको झुलाघाटमा जीप दुर्घटना ५ जनाको मृत्यु ६ घाईते

बल्देब सिह नायक बैतडी । बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ ।

झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नं. जिप आज दिउसो १ बजेर ४० मिनेटमा बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रबक्ता जनक बहादुर धामीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर कलावति चन्द, भगिरथ पाण्डेय, पार्वतीदेवी चन्द, सोही नामकी अर्की पार्वती चन्द र कृष्ण लावडको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि घाईते हुनेमा रविन्द्र चन्द, प्रदिप लावड, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट र अर्का दुई जना गरि ६ जना घाईते भएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

जिप चालक फरार रहेको प्रहरीले जानकारी  दिएको छ । थप बिवरण भने आउन बाकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button