बैतडीको दशरथचन्द नगरपालिका १० दिनकालागि लकडाउन

बलदेब सिंह नायक, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका १० दिनका लागी लकडाउन हुने भएको छ ।
समुदायस्तरमा पनि कोरोनाका बिरामीहरु देखीन थालेपछि थप संक्रमण फैलिन नदिन मसिंर १३ गते देखी २२ गते सम्म नगरपालिका लकडाउन हुने भएको हो ।
समुदाय स्तरमा लक्षणसहितका कोरोनाका बिरामी देखीन थालेपछि आज बसेको नगरपालिकाको बैठेकले अत्यावश्यक बाहेकका सवारी साधन, बजार ब्यवसाय पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाका भित्र सबै बिद्यालयहरु पनि बन्द गर्ने निर्णय गरेको छ भने कक्षा १२ को परिक्षाको हकमा सरकारले तोकेका स्वास्थ्य मापदण्ड अनुसार सञ्चालन गरिने पनि उक्त बैठेकले निर्णय गरेको छ ।
उक्त बैठेकले स्वास्थ्य मापदण्ड अपनाएर बिहान ९ देखी ११ बजे सम्म खाद्यान्न तथा तरकारीका पसल सञ्चालन गर्ने निर्णय सहित १४ ओटा महत्वपुर्ण निर्णय गरेको छ ।
हेर्नुहोस् १४ वटा निर्णयहरु: