बैतडीको पाटनमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

बैतडी । शुक्रबार बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका-८ बर्दियाका अन्दाजी ३० बर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो ।

लु ४ प ६१७१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।

ट्याक्टर तराईबाट दार्चुलातिर जान लागेको बुझिएको छ । रित्तो ट्याक्टर कसरी पल्टियो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा चालक मृत अवस्थामा भेटिएका र अरु कोही नभएकाले ट्याक्टर सवार भए नभएको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button