बैतडीको मेलौली पञ्चेश्वर सडकखण्डमा स्काईभेटर दुर्घटना, अपरेटरको मृत्यु

बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर( चालक)को मृत्यु भएको छ ।

पाटन-पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका २५ बर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

बा २ क २०६ नम्बरको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काइभेटर पल्टिएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो २ बजेतिर सो दुर्घटना प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट करीब ३० मिटर तल खसेको बताइएको छ ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको प्रहरी प्रवक्ता धामीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button