बैतडीको सिगासमा बलात्कारमा मिलापत्र पीडितलाई एक तोला सुन दिने कपाली तमसुक !

बल्देब सिंह नायक,  बैतडी । बैतडीको सिगास गाउँपालिकाकी-१८ वर्षीया युवतीमाथि भएको बलात्कारमा मिलापत्र गरेको पाइएको छ ।

असार दोस्रो साता सिगास गाउँपालिका-३ का दीपक सिंह धामीले बलात्कार गरेको पीडित युवितीले बताएकी छन् ।

उनले धारामा पानी भर्ना जाँदा आफूमाथि भएको दुश्कर्मबारे परिवारलाई बताइन् । तर पीडक पक्षले घटना सार्वजिनक गरे ज्यान मार्ने धम्की दिएर मिलापत्र गराएको छ ।

घटना गाउँमै मिलाउन पीडित किशोरीलाई एक तोला सुन दिने सहमति भएको पाइएको छ ।

आरोपीले कात्तिक ३० गतेभित्र सुन नदिए आफन्त मनोज सिंह धामी र अमर सिंह धामीले आफूहरुले तिर्ने कपाली तमसुक गरेका छन् ।

अहिले पीडित परिवारलाई धम्की दिन थालेपछि प्रहरी कहाँ उजुरी दिने तयारी गरेका छन् ।

पीडित युवती आफन्तसहित जिल्ला प्रहरी कार्यालय बैतडी पुगेकी छन् ।

प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले दोषीमाथि कडा कारबाही गरिने बताएका छ्न र किशोरीलाई बलात्कार गरी मिलापत्र गराइएको रहेछ’ ‘यसमा संलग्नहरू सबैमाथि कारबाही हुन्छ ’प्रहरी प्रमुखले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button