बैतडीको सिगासमा विजुलीको पोल घरको पिलर, गाउँ अन्धकार

बलदेब सिंह नायक बैतडी । बैतडीको सिगास गाउँपालिका-१ बिन्द्रावनमा स्थानीय बिद्युतका पोल घर निमार्णमा प्रयोग गरेको छ ।
स्थानीय नेता भनी चिनीएका लोकराज भट्टले आफनो घरमा बिद्युतको पोल निमार्ण गरेको इन्फोखबर टिमले भेटाएको छ।
विद्युत बिस्तार भइरहेका वडा नम्बर १ मा पोल घरमा प्रयोग भएको भेटीएको हो ।
घरको बरन्डामा ४ वडा पोल काटेर प्रयोग गरिएको छ । गाउँमा बिद्युत विस्तार हुन नसक्दाँ अहिले सम्म गाउँ नै अन्धकारमै छ ।
विद्युत विस्ताको पोल घर निमार्णमा प्रयोग भएपछि स्थानीयले विरुद्ध समेत जनाइरहेका छन् ।
पोल किन घरमा राखीएको हो ? सरकारी सम्पत्ती व्यक्तीगत प्रयोगमा किन ल्याइयो ? यसबारे छनवीन गर्ने सिगास गाउँपालिका-१ को कार्यालयलाई निवेदन समेत दिएको काङ्ग्रेस वडा समितिले जनाएको छ ।
निवेदन दिएपनि वडा कार्यालयले कुनै चासो नदिएको जनाएको छ ।