बैतडीको सुनर्या गाउँपालिकाको केन्द्रको बिषयमा बिवाद: अध्यक्ष र ५ जना प्रहरी सहित १७ घाइते

बलदेवसिंह नायक, बैतडी / बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र बिवादलाई लिएर स्थानियहरुले ढुङ्गामुढा गर्दा गाउपालिका अध्यक्ष सहित १७ जना घाइते भएका छन ।
बुधबार गाउँपालिका अध्यक्ष बिर बहादुर बिष्ट, रौलेश्वर प्रहरी चौकीका ५ जना प्रहरी र ११ जना स्थानिय गरी १७ जना घाइते भएका हुन । गाउँपालिकाको केन्द्र रौलेश्वर केन्द्र हुनुपर्ने पक्षधरले ढुङ्गामुडा गरेका हुन ।
सुर्नया गाउँपालिका केन्द्र संघर्ष समितिले सोमबार लगाएको ताला प्रहरीको सहायतामा खोल्न खोज्दा गाउँपालिका अध्यक्ष माथी ढुङ्गामुढा भएको जनाइएको छ । गाउँपालिका अध्यक्ष बिष्टको टाउकोमा चोट लागेको र अध्यक्षलाई धनगढी रिफर गरिएको छ भने अन्यको घाइतेको उपचार स्थानिय स्वास्थ्य चौकीमा भइरहेको प्रहरी श्रोतले जनाएको छ ।
यस अघि सोमबार पनि गाउपालिकाको केन्द्र रौलेश्वर मै हुनुपर्ने माग गर्दै आएकाहरुले संघर्ष समिति गठन गरी गाउँपालिकालाई केन्द्र वडा नं ५ को रौलेश्वर मै हुनुपर्ने र पालिकाको केन्द्र सार्ने चलखेल भए आन्दोलन गर्ने चेतावनी सहितको निबेदन समेत दिएका थिए ।
गाउँपालिकाले केन्द्र वडा नं ५ कै पपिता सार्ने चलखेल गरीरहेको उनिहरुले आरोप लगाएका थिए । गाउँपालिका अध्यक्षमाथि नै कुटपीट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ भने सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ ।
सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा समेत हुन सकेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button