बैतडीमा किशोरीमाथि सामूहिक बलात्कार, १ पक्राउ अन्य फरार

बैतडी / बलात्कारको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ का २३ वर्षीय प्रविन चन्द रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

चन्दलाई स्थानीय १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा गएराती पक्राउ गरिएको हो । पुस १५ गते किशोरीको घरमै गएर बलात्कार गरेको पक्राउ परेका ती युवकमाथि लागेको छ ।

सामूहिक रुपमा उक्त बलात्कारको घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “ उक्त घटनामा थप अरुको पनि संलग्नता रहेको बुझिन आएको छ, घटनामा संलग्न अरुको खोजी कार्य जारी भइरहेको छ ” घटनाको थप अनुसन्धान भइरहेको र त्यसपश्चात थप कुरा बाहिर आउने प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

“ पीडित किशोरीलाई आज थप कुरा बुझ्छौ, त्यसपश्चात थप कामकावरवाही अगाडी बढ्छ” पीडित किशोरीको उद्धार गरी जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ उहाँले भन्नुभयो।

सुरक्षा सहितको उपचार सेवा र परामर्श सेवा दिने उद्देश्यलाई किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ ।

चालु आर्थिक बर्षमा हालसम्म बैतडीमा बलात्कारका ५ वटा घटना भइसकेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button