बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यू, ११ घाइते

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यू भएकोछ भने, ११ जना घाइते भएका छन् ।
मृत्यू हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ५५बर्षिय देविदत्त जोसी रहेका छन् । घाइते ११जना मध्ये चालक तारनदत्त जोसीको अवस्था गम्भीर रहेको र अन्य १०जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएकोछ ।
घाइते सबैको उद्धारगरि अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुय्राइएको र मृतक जोसीको शब पोष्टमार्टमका ल्याउने तयारी भैरहेको भईरहेको छ ।
महेन्द्रनगरबाट जन्ती बोकेर बैतडी आउदैँ गरेको सु.प.प्र. ०२.००१. ज.३७७ नम्बरको बोलेरो जिप पाटन नगरपालिका वार्ड न.६ को घट्टे गाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिप सडकबाट करिब एकसय मिटर तल खसेको बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेकोछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button