बैतडी लगायत सुदूर पहाडमा हिमपात

बैतडी लगायत सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।
बैतडीको खोडपे, सत्बाज, श्रीभावर, बझाङको बित्थड, डडेल्धुराको अनाराखोली, दार्चुलाको उच्च भेगमा हीमपात भएको हो ।
हिमपातसँगै चिसो पनि बढेको छ । यस वर्ष पहिलो हिउदे वर्षाले किसानहरु खुसी भएका छन । तत्कालकालागि अनारखोली, ढोल्यामोड लगायतको क्षेत्रमा बाटो अबरुद्ध नै नभएका पनि प्रहरीले बताएको छ ।