भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा नियुक्त

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा.शंकर प्रसाद नियुक्त भएका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए।

मन्त्रिपरिषदले गत मंसिर १० गते शर्मालाई भारतका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । शर्मा यसअघि अमेरिकाका लागि नेपालका  राजदूत थिए । उनी राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button