‘भारततर्फ एकपक्षीय नाकाबन्द गर्न गाह्रो भयो’

काठमाडौं । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले भारततर्फ एकतर्फी नाकाबन्द गर्न गाह्रो भएको बताएका छन् ।

द्विपक्षीय सन्धि, सम्झौताका कारण एकपक्षीय रूपमा नाका बन्द गर्न कठिन भएको उनले बताएका हुन् ।

“कूटनीतिक सम्वादको माध्यमबाट हल गर्न खोजिरहेका छौं । सीमित नाकाबाट मात्रै आवागमन गर्न सकिन्छ कि भनेर पनि सोचिरहेका छौं,” कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १० औं बैठकपछि मन्त्री खतिवडाले सञ्चारकर्मीसँग भने ।

उनले शनिबार सीमा नाकाबाट नेपाल भित्रिएकाहरू सुरक्षितै रहेकाले आइतबारबाट भीड बढ्न नदिने सरकारले कडाइ गर्ने र जो जहाँ छन्, त्यही सुरक्षित रहन अनुरोध गरिने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button