भारतले नेपाललाई दियो १ अर्ब रुपैयाँ

काठमाडौं । भारतले नेपाललाई १ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले मंगलबार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर १ अर्ब रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोग गर्ने भनेर जनाइएको प्रतिबद्धता अनुसार भारतले १ अर्ब रुपैयाँको चेक उपलब्ध गराएको हो ।

भारतले २०७२ सालमा भूकम्पपछिको पुनःनिर्माणमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण गरी १ खर्ब रुपैयाँ सहयोग रकम घोषणा गरेको थियो ।

नेपालका लागि भारतीय राजदूत क्वात्राले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजनाहरुका लागि भारतीय अनुदानस्वरुप १ अर्ब (नेपाली रुपैयाँ)को चेक हस्तान्तरण गरिएको जानकारी दिए ।

भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार नेपालको औपचारिक भ्रमणका लागि आउँदैछन् । उत्तर पश्चिमी सीमा (कालापानी) क्षेत्रको विषयलाई लिएर पछिल्लो समय नेपाल–भारतबीच ‘विवाद’ चल्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button