भारतीय क्रिकेटर धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट लिए सन्यास

शनिवार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोष्ट गर्दै यस्तो घोषणा गरेका छन्।
महेन्द्र सिंह धोनीले इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईंको प्रेम र सहयोगका लागि धन्यबाद। आज साँझ ७:२९ बजेदेखि मलाई रिटायर्ड सम्झिदिनुहोला।’
उनले इन्स्टाग्रामको उक्त पोष्टमा ‘मैं पल दो पल का शायर हू’ गीतका साथ सुन्दर ढंगले आफ्नो करिअरको सबै उतार-चढाव प्रस्तुत गरेका छन्।
महेन्द्र सिंह धोनी भारतीय एक मात्र त्यस्ता कप्तान हुन, जसले आईसीसीका ती ठूला ट्रफीहरू कब्जा गर्न सफल भए।
धोनीको कप्तानीमा भारतले आईसीसी वर्ल्ड टी-२० (२००७) मा, क्रिकेट वर्ल्ड कप (२०११ मा) र आईसीसी च्याम्पियन्स ट्रफी (२०१३) मा जितेको थियो।
यस्तै, अर्का खेलाडी सुरशे रैनाले पनि अन्तराष्ट्रिय खेलबाट सन्यास लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।