भारतीय जासूसी प्रमुख गोयलसँगको भेटबारे डा बाबुरामको सचिवालयले यसो भन्यो

काठमाडौं । गोयल दिल्ली उडेको पर्सिपल्ट अर्थात् शनिबार डा बाबुराम र पत्नी हिसिलालाई कोरोना पुष्टि भयो।

एक महिनादेखि देशभर राजनीतिक भेला र बैठक गर्दै हिँडेका बाबुरामलाई कोरोना पुष्टि भएपछि उता नयाँ दिल्लीमा रअ प्रमुख गोयल पनि सेल्फ आइसोलेसनमा बसेको हुनसक्ने भन्दै भारतीय अनलाई द प्रिन्टले समाचार प्रकाशन गरेको छ ।

बाबुरामको सचिवालयले गोयलसँग भेटवार्ता गरेको विषयबारे केही उल्लेख नगरेपनि द प्रिन्टले उनलाई कोरोना पुष्टि भएपछि गोयल सेल्फ आइसोलेसनमा बसेको हुन सक्ने उल्लेख गरेको छ।

त्यसोत गोयललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि साढे २ घन्टा लामो छलफल गरेका थिए ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले द प्रिन्टको समाचार सत्य हो भने प्रधानमन्त्री पनि आइसोलेसनमा बस्नु पर्ने त होइन भन्दै प्रश्न गरेका छन् ।

ओलीसँग भन्दा पहिला बाबुराम भट्टराईसँग गोयलको भेट भएको हो वा पछि भन्दै सामाजिक सञ्जालमा चर्चा चलेको छ तर गोयलसँग भेटभएको समाचारमा कुनै सत्यता नभएको डा भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जनाएका छन् ।

उनले ट्वीटरमा द प्रिन्टलाई मेन्सन गरेर पूर्व प्रधानमन्त्री डा भट्टराईले गोयलसँग भेट नगरेको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button