भारतीय सेनाध्यक्ष नेपाल आउनेबारे नेपाली सेनाको विज्ञप्ति

काठमाडौं । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने कार्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाले जनाएको छ।

एक वक्तव्य मार्फत नेपाली सेनाले नरभाने नेपाल आउन लागेको औपचारिक जानकारी दिएको छ।

नरभाने सेनाध्यक्ष भएयता नेपाल भ्रमणमा आएका छैनन। उनको नेपाल भ्रमणबारे मन्त्रिपरिषद् बैठकले स्वीकृती दिएको हो।

भारतले नेपालको भुमि समेटेर नयां नक्सा जारी गरेसंगै नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा जारी गरेयता दुवै देशबीच सम्बन्ध बिग्रिएको छ। भारतीय सेनाध्यक्ष नरभानेले नेपाल चीनको इशारामान नाचेको भन्दै विवादित अभिव्यक्ति दिएका थिए।

तीन दिने नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने कार्यक्रम छ। त्यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली,रक्षामन्त्री ईश्वर पोखरेल र आफ्ना नेपाली समकक्षी पूर्णचन्द्र थापासंग समेत उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नरभाने मुक्तिनाथ भ्रमणमा जाने कार्यक्रम समेत रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button