भिजिट भिषाको सन्दर्भमा नयाँ व्यवस्था के–के ?

काठमाडौँसरकारले भिजिट भिषाको सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।

गृहमन्त्रालयले भिजिट भिषा र यसबाट सृजित समस्या तथा समाधानका उपायको सम्बन्ध सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनअनुसार कार्यविधि तयार नभएसम्मका लागि नयाँ व्यवस्था गरेको हो ।

जसअनुसार खाडी मुलुकभन्दा बाहिर कम्तिमा एकपटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू भिजिट भिषामा जान पाउन सक्ने छन् ।

त्यस्तै, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरू, कक्षा १२ वा सो सरहको प्राविधिक/व्यावसायिक सिप दक्षता भई आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने भाषाको राम्रो सिप भएका व्यक्तिलगायतले भिजिट भिषा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button