भिजिट भिसामा विदेश पुर्‍याई अलपत्र बनाउनेलाई कुनै हालतमा छाड्दिन : मन्त्री श्रेष्ठ

काठमाडौं । श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुराएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिएका छन् ।

बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबइ पुगेर दुख पाएका युवाहरुसंगको छलफलका क्रममा उनले भिजिट भिसामा कामका लागि दुबइ पुराउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारे । उनले बैदेशिक रोजगारमा जादा भिजिट भिसाको प्रयोग नगर्न आग्रह समेत गरे ।

भिजिट भिसामा दुबई पुराउने गरेका बिषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए । ‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उनले जानकारी दिए ।

उनले मन्त्रालयले आगामी आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको बताए । दुख पाएका नेपालीहरुको गुनासोका आधारमा दलालहरुलाई कारवाही गर्ने उनले स्पष्ट पारे ।

त्यस्तै पीडित युवाहरुले आफुहरुले चर्को मूल्य तिरेर केहि व्यक्तिमार्फत दुवई गएको र अलपत्र परेको गुनासो गरे । उनीहरुले आकर्षक तलवको बहानामा आफुहरुलाई झुक्काएको बताएका थिए । पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button