भीरबाट लडेर एक जनाको मृत्यु

दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–२ गाडागाउँमा भीरबाट लडेर सोही ठाउँका ७७ वर्षीय नन्दराज भट्टको मृत्यु भएको हो।
खर काट्ने क्रममा भीरबाट खसेका भट्ट बेलुकी ५ बजेतिर मृत अवस्थामा फेला परेको मृतकका आफन्त श्यामराज भट्टले बताए।
तस्वीर– प्रतिकात्मक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button