भूगोलका हिसाबले कुनै देश सानो-ठूलो हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूगोलको आधारमा कुनै देश सानो वा ठूलो नहुने बताएका छन्।

भारतीय टिभी जी न्युजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका हुन।

सोमबार बालुवाटारमै पुगेका जी न्युजका प्रधानसम्पादक सुधिर चौधरीले अन्तरवार्ता लिएका थिए।

चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको पनि स्पष्ट सन्देश दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button