आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने

काठमाडौं । सत्तारुढ दल नेकपाको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने भएका छन।

प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले ओली सहभागी हुने निश्चित भएको जनाएको छ। यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्।

उनले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गरेका थिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत उनले पत्रमा उल्लेख गरेका थिए।

स्थायी कमिटी बैठकको एजेन्डा पार्टीमा देखिएका समस्याबारे छलफल गर्ने भन्ने तय भएपछि प्रधानमन्त्री पनि सहभागी हुने उनीनिकट स्रोतले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button