भ्रामक प्रचार गरिएको भन्दै पत्रकार कुमार सिहं विष्ट, दिनेश श्रेष्ठ र विश्वास थापाद्धारा खण्डन

काठमाडौं । पत्रकार कुमार सिहं विष्ट, दिनेश श्रेष्ठ र विश्वास थापाले आज एक भिडियो सन्देशमार्फत एक संचारमाध्यममा प्रकाशित समाचारबारे खण्डन गरेका छन् ।

प्रदेश नं. १ सुनसरीबाट प्रकाशित हुने महाप्रतिवाद राष्ट्रिय साप्ताहिक पत्रिकामा सीबि गहतराजको नेतृत्वमा फेरी अर्को ख्रीष्टियन दल खोलिने सम्बन्धमा प्रकाशित समाचार गैरजिम्मेवार, भ्रामक कु–प्रचार भएको भन्दै गम्भीर आपत्ति भएको जनाएको छ ।

पत्रकारत्रयहरुले आज एक भिडियो सन्देशमार्फत आफुहरु कुनै पनि पार्टी राजनीतिमा आबद्ध नभएकोले बास्तविकता बुझेर मात्र प्रकाशन गर्न र तत्काल सच्याउन अनुरोध गर्दै सो कुराको खण्डन गरेका हुन् ।

‘महाप्रतिवाद राष्ट्रिय साप्ताहिकको माघ १५ गते पहिलो पृष्ठमा प्रकाशित समाचारमा संघीय राजधानीमा बसेर ख्रीष्टियन समुदायको हक, हित र अधिकारका लागि आवाज उठाउँदै आएका सीवी गहतराज, कुमार सिंह विष्ट, दिनेश श्रेष्ठ लगायतले नयाँ पार्टी खोल्ने घोषणा गरेको बारे गरेको यस्ता तथ्यहिन सामाचारको खेती गर्नु समाचार र पत्रकारिताको नाममा अपराधकर्म हो । सम्बन्धित पक्षलाई गलत समाचार खण्डन गरी पत्रकारिताको नैतिकता प्रदर्शन गर्न ध्यानाकर्षण गर्दछौं ।’ पत्रकारत्रय पत्रकार कुमार सिहं विष्ट, दिनेश श्रेष्ठ र विश्वास थापाले भनेका छन् ।

के लेखेको थियो महाप्रतिवाद राष्ट्रिय साप्ताहिकले ?

सो पत्रिकाले लेखेको छ– राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सीवी गहतराजले नयाँ राजनीतिक दल खोल्न लागेको खुलासा गरेका हुन् । उनले भने, ‘मेरो अध्यक्षतामा राजनीतिमा ख्रीष्टियन विचार समुह निर्माण गरेका छौं, त्यसमा पत्रकार कुमार सिंह विष्ट, दिनेश श्रेष्ठ लगायतका साथीहरु हुनुहुन्छ । हामीले छुट्टै राजनीतिक दल खोल्ने र छिट्टै दर्ता गरेर अघि बढ्ने सल्लाह भएको छ ।’
माघ १० गते राजधानीमा राजनीतिमा ख्रीष्टियन विचार समुहले आयोजना गरेको ‘ख्रीष्टियनहरूको पहिचान र हक तथा अधिकार स्थापित गर्न राजनीतिमा पहुँच’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले ख्रीष्टियन समुदायलाई ठुला पार्टीले खल्तीको भोट बैंक मात्र बनाएकोले नयाँ पार्टी खोल्न लागेको बताए ।

सो नयाँ पार्टीमा पत्रकार कुमार सिंह विष्ट, दिनेश श्रेष्ठ लगायतका साथीहरु हुनुहुन्छ भनेर पनि समाचारमा जनाइएको छ । पत्रकारत्रयहरुको संलग्नतामा छुट्टै राजनीतिक दल खोल्ने र छिट्टै दर्ता गर्ने सम्बन्धमा समुदायभित्र र पत्रकारिता क्षेत्रमा नै धेरै प्रश्न उठेपछि पटक–पटक प्रष्टोक्ति दिँदै आउनु परेको थियो ।

पछिल्ला केहि दिनयता पत्रकारत्रयहरुले ख्रीष्टियन आस्थामा स्थापित चार वटा पार्टीहरु जनजागरण पार्टी नेपाल, आमुल परिवर्तन मसीह पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन र भर्खरै नामाकरण भएको सामाजिक एकता पार्टीबिच एकताको संयोजन गर्दै आउनुभएको छ ।

पत्रकार कुमार सिहं विष्ट, दिनेश श्रेष्ठ र विश्वास थापाद्वारा प्रकाशित समाचारबारे खण्डन: 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button