मदिरा सेवन गरी साउदमाथि कुटपिट, हत्या आरोपमा दुईजना पक्राउ

बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका-३ कुलाउ डुङरिका २८ वर्षिय कमल साउदको कुटपिटका क्रममा मृत्यु भएको छ ।
असोज ९ गते आइतबार साँझ अत्याधिक मादक पदार्थ सेवन गरेका स्थानिय साथी बिरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दले साउद माथी कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् । गम्भीर घाइते भएका साउदको उपचारका लागि धनगढीबाट कोहलपुर रेफर गर्दा बाटोमै ज्यान गएको मृतकका आफन्त सुरेन्द्र साउदले जानकारी दिनुभयो । मृतक साउदका आफन्तले जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका छ्न ।
मृतक साउदको शव अहिले जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ भने आरोपितद्वय चन्दलाई हिरासतमा लिई घटनाको थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।