मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटको सुनुवाई न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट माथिको सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ ।

गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए । न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेशी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को विहिबारका लागि तोकिएको हाे ।

संसद विघटनपछि पनि मन्त्रिपरिषद् बिस्तार गरेपछि अधिबक्ताहरु त्रिपाठी, ओली र केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

प्रतिनिधिसभा विघटनपछि कामचलाउ भइसकेको सरकारले संविधानको मर्म विपरित मन्त्रिपरिषद् दायर गरेको रिटमा उल्लेख थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले स्वास्थ्य मापदण्डहरूको पालना गर्दै निर्वाचन प्रचारप्रसार र मतदानलगायत प्रक्रियाको विस्तृत कार्ययोजना प्रस्तुत गर्न पनि निवेदकले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button