मन्त्रिपरिषद् बैठकमा छलफल नै भएको थिएन अध्यादेशको विषय

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे मंगलबार मन्त्रिपरिषद्मा छलफल नै नभएको पाइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अब परिषद्का बहुमत सदस्यको उपस्थितिमा नै बैठक बस्न सक्छ ।

एक मन्त्रीका अनुसार बैठकमा अध्यादेशको विषय उठेको थिएन । सामान्यता मन्त्रिपरिषदबाट पारित भएपछि अध्यादेश राष्ट्रपतिबाट जारी हुन्छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा छलफल समेत नगराई अध्यादेश अगाडि बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button