मन्त्रिपरिषद् बैठक बस्दै, अध्यादेश फिर्ता लिने सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को काम–कर्तव्य, अधिकार, कार्यविधिसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने सम्भावना रहेको स्रोतले जानकारी दियो ।
नेकपाका शीर्ष नेताहरूले बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए । संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला अध्यादेश फिर्ता गर्न सक्नेछिन् ।