मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
बैठकले भदौ नयाँ विद्यार्थी विद्यालय भर्ना, लामो दुरीको सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडानका विषयमा निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए । बैठकमा कोरोनालक्षित केही महत्वपूर्ण निर्णय हुन सक्ने उनले बताए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आईतबार बसेको बैठकले कोरोना संक्रमणका विषयमा समीक्षा गरी मन्त्रिपरिषदमा पेश गर्न प्रस्ताव तयार गरेको थियो । उक्त प्रस्तावलाई आधार बनाएर आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताईएको छ ।