मलेसियासहित ६ देश र राष्ट्रसंघमा एसएसपी दर्जाका प्रहरी सहचारी राख्न प्रहरी प्रधान कार्यालयको माग

काठमाडौं- नेपाल प्रहरीले नेपालीहरुको जनघनत्व बढी भएका छ मुलुक र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिको कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दर्जाको प्रहरी सहचारी राख्नुपर्ने प्रस्ताव गरेको छ।

प्रहरी प्रधान कार्यालयले त्यसका लागि आवश्यक पहल गर्न गृह मन्त्रालयलाई आग्रह गरेको हो। प्रस्ताव गरिएका मुलुकहरुमा मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।

हाल कार्यान्वयनमा रहेको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका विशेष क्षेत्रहरूमा सूचना संयन्त्रको विकास गर्ने तथा विभिन्न देशहरूमा प्रहरी संयन्त्र स्थापना गर्न उक्त प्रस्ताव गरिएको जानकारी दिइएको छ।

‘हाल कार्यान्वयनमा रहेको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका विशेष क्षेत्रहरूमा सूचना संयन्त्रको विकास गर्ने तथा विभिन्न देशहरूमा प्रहरी संयन्त्र स्थापना गर्न पहल गर्ने भनी प्रस्ताव गरिएअनुसार नेपालीहरूको घनत्व बढी भएका छ देशहरू मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश, संयुक्त अरब इमिरेट्स (यूएई) र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिको कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक दर्जाको प्रहरी सहचारी राख्नेतर्फ आवश्यक पहल गरिदिनहुन च.नं. १०८ २०७८/०६/०८ गतेको पत्रद्वारा गृह मन्त्रालय प्रहरी कर्मचारी प्रशासन शाखामा अनुरोध गरिएको,’ प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button