मल्लरानि गाँउपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले

प्युठान । मल्लरानी गाँउपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो दलिएको छ।

गाँउपालिकामा चरम भ्रष्टाचार गरेको प्रति स्थानीयको जनगुनासो आए लगत्तै मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राणा र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्यूठानले कालोमोसो दलेर जनकारबाही गरेको हो।

वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी युवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ, ‘थापाले भने,’एक्कासी युवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्लसहितको युवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

नेकपा प्यूठानले सोमबार एक वक्तव्य जारी गर्दै मल्लरानी गाउँपालिकाका अध्यक्ष राणा र सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापालाई विभिन्न शिर्षकमा भ्रस्टाचार गरेको प्रती कालोमोसो दलेर जनकारबाही गरिएको नेकपा प्युठानका सेक्रेटरी अजयले वक्तव्य मार्फत जानकारी दिएका छन।

नेकपा प्युठानद्वारा जारी वक्तव्यमा हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button