महराले भने, ‘हाम्रो महाधिवेशन हैन, राष्ट्रिय सम्मेलन हो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पुस ११ गतेदेखि सुरु हुने आफ्नो सम्मेलनलाई राष्ट्रिय सम्मेलन भनेको छ ।

आज सम्मेलनको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले यसलाई महाधिवेशन नभई त्यसको सानो रुप राष्ट्रिय सम्मेलन भएको बताए ।

उनले यो महाधिवेशन नभएको प्रष्ट पारेका छन् । ‘यो महाधिवेशन होइन, त्योभन्दा सानो राष्ट्रिय सम्मेलन हो,’ महराले भने, ‘यो सम्मेलनबाट हामी मुख्य दुई काम गर्छौं, क्रान्तिकारी विचार निर्माण र क्रान्तिकारी पार्टी निर्माण।’ उनले पुस ११ देखि काठमाडौँमा सुरू हुने माओवादीको राष्ट्रिय सम्मेलन यहि दुई विषयमा केन्द्रीत हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button