महाअभियोग प्रस्ताव चुनाव सार्ने र एमसिसी पास गर्ने षड्यन्त्र: एमाले

काठमाडौं । नेकपा एमालेको संसदीय दलले तत्काल प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग नल्याउने भएको छ।

सिंहदरबारमा सोमबार भएको एमाले संसदीय दलको बैठकले वस्तुस्थितीको ठोस निर्णय गरेर मात्रै ठोस निर्णय गर्ने भएको छ।

बैठकले प्रधानन्यायाधीश राणामाथि महाअभियोग प्रस्ताव अगाडि बढाउने सत्तारुढ गठबन्धनको कदम स्थानीय चुनाव सार्ने षड्यन्त्र र संसद‌बाट एमसिसी पास गर्ने योजना भएको निष्कर्ष निकालेको छ। यसैबीच, एमालेले सांसदहरुको हस्ताक्षर पनि संकलन गरेको जनाइएको छ।

संवैधानिक इजलासम रहेका प्रधानन्याधीश चोलेन्द्रशमशेर राणाबाहेक अन्य चार जना न्यायाधीशहरुमाथि एमालेले महाअभियोगको चेतावनी दिइरहेका बेला उसले संसदीय दल बैठकमा हस्ताक्षर संकलन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button