महामारी नियन्त्रणमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुन्छ : अध्यक्ष तिमिल्सेना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

धनगढीमा आज आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ विषयक अन्तरक्रियामा उनले कोभिड–१९ महामारी र जोखिमबारे जनतालाई सचेत गराउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले जनप्रतिनिधिले कोभिड–१९ महामारी र जोखिमबारे सचेतना अभिवृद्धि गर्न नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनुपर्ने बताए ।

उनले तीनवटै सरकार, राजनीतिक दल र विभिन्न सङ्घसंस्था लागेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले विभिन्न महामारीसँग जुध्न सबैको सकारात्मक भूमिका आवश्यक हुने बताउँदै कोरोनाबाट सजग हुन स्वास्थ्य मापदण्ड अपनाउन जनसमक्ष आग्रह गरे।

कोभिड–१९ सम्बन्धी अफवाह तथा गलत सूचनाको प्रतिकार गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button