महाराष्ट्रका हलहरु आजबाट पुनः सञ्चालनमा

काठमाडौं । भारतमा महाराष्ट्र सरकारले आजबाट हलहरु पुनः खोल्न अनुमति दिएको छ । सिनेमा हलहरु खुले पनि ५० प्रतिशत क्षमताका साथ मात्र खोल्न अनुमति दिइएको हो ।
कोरोना भाइरस महामारीका कारण भारतका सिनेमा हलहरु मार्चको मध्यदेखि बन्द भएका थिए । करिब सात महिनाको बन्दपछि सेप्टेम्बर ३० मा गृह मन्त्रालयले अनलक ५।० निर्देशिकाअन्तर्गत ५० प्रतिशत क्षमतामा हलहरु खोल्न घोषणा गरेको थियो ।