महासचिवलाई केक खुवाएर सुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरूभएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचवलाई जन्मदिनको बधाई तथा जीवनको शुभकामना दिएका थिए ।
त्यसअवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले ‘१०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला’ भन्दै शब्दमा शुभकामना दिएका थिए ।
महासचिव पौडेल ६२ बर्षमा प्रवेश गरेका छन् । आजको बैठकमा यसअघि पेश भएका अध्यक्षद्वयको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।