माइतीघरमा भेला भएका कुलमानका समर्थकमाथि प्रहरीद्वारा लाठी प्रहार

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कार्यकाल बिताएर बिदा भएका कुलमान घिसिङलाई पुनः नियुक्त गरिनुपर्ने माग गर्दै आज (बिहीबार) पनि प्रदर्शन भएको छ ।

मंगलबार प्राधिकरणबाट बिदा भएका घिसिङलाई पुन कार्यकारी निर्देशक बनाइनुपर्ने माग राख्दै काठमाडौंको माइतीघरमा पनि प्रदर्शन भएको छ ।

घिसिङको समर्थनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठी प्रहार गरेको छ । कुलमानको पक्षमा प्रदर्शन गर्न माइतीघरमा भेला भएका समर्थकलाई प्रहरीले लाठी प्रहार गरेको हो ।

लाठी प्रहार गरेपछि माइतीघरमा भेला भएका कुलमानका समर्थकहरु तितरवितर भएका छन् ।

यसअघि हिजो (बुधबार) पनि कुलमानको पक्षमा माइतीघर लगायत राजधानीका विभिन्न ठाउँमा प्रदर्शन भएका थिए ।

बुधबारको प्रदर्शनमा सहभागी भएका समर्थकलाई तितरवितर पार्न प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button