माओवादी केन्द्रका पदाधिकारी चयनको गृहकार्य सुरु

काठमाडौं । महाधिवेसन सम्पन्न गरेको झन्डै दुई महिना पछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ ।

आगमी २७ माघमा बोलाईएको केन्द्रीय समिति बैठक अघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।

गत पुस ११–१९ मा सम्पन्न महाधिवेसनले २ सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डससहित २ सय ३६ केन्द्रिय सदस्य चयन गरेर महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन । मुख्यतः महासचिवका दावेदार बर्षमान पुन उपचारका लागि चीनमा रहेका कारण पनि पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रीय समिति बैठक डाकेर पदाधिकारी चयन गर्न लागेको हो ।

माओवादीले गत महाधिवेसनवाट पारित गरेको बिधान अनुसार वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्सीय पदाधिकारी बनाउने छ । त्यसैगरी, बैठकले स्थायी समिति र पोलिटब्युरो र बाँकी रहेका खाली कोटामा केन्द्रीय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले सञ्चारकर्मीलाई बताएका छन ।

उनका अनुसार स्थानीय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगमी केन्द्रीय समितिवाट नै बाँकी पदपुर्ति र समितिलाई पुर्णता दिने तयारीमा माओवादी केन्द्रले योजना बनाएको छ ।

निर्वाचन आयोगले ४ जेठ भित्रै स्थानिय तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक र कानुनी बाध्यता रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराईसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सो बिषयमा सकारात्मक भए पनि गठबन्धन दलका अन्य नेता अन्यौलमा रहेका कारण अझै निर्वाचनको मिति तय हुन भने सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button