माओवादी केन्द्रको अझै ३७६ वटा पालिका अधिवेशन हुन बाँकी

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले शनिबार देशैभरका ७७६ पालिकामा अधिवेशन गर्ने भने पनि भौगोलिक र गैरभौगोलिक गरी ३७६ पालिकामा अधिवेशन हुन सकेन।

माओवादी केन्द्रले ७५३ भौगोलिक र २३ गैरभौगोलिकगरी ७७६ पालिका बनाएको छ। त्यसमध्ये ४०० पालिकाको मात्र अधिवेशन भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले जानकारी दिए।

‘बाँकी रहेका पालिकामा कतै विवाद भएको छ र कतै अन्य समस्या भएर पालिका अधिवेशन हुन सकेको छैन,’ श्रेष्ठले भने, ‘ती पालिकामा सर्वसम्मत गर्न आज प्रयास गरिन्छ, नभएमा आजै चुनाव गरेर नेतृत्व चयन गरिन्छ।’

पालिका अधिवेशन गर्न पाँच सदस्यीय निर्वाचन समिति बनाइएको छ। जसमा एक जना संयोजक र अरु चार सदस्य छ्न्। देशैभर स्थानीय तहको पालिका सम्मेलन शनिबार गरिएको थियो। माओवादी केन्द्रले यसअघि मंसिर ४ गते वडा सम्मेलन गरेको थियो। प्रदेश सम्मेलन मंसिर २५ गते गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button