मुख्यमन्त्री राईद्वारा प्रचण्ड–नेपाल समूहका १५ सांसद निलम्बित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै प्रचण्ड–माधव समूहका १५ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेका छन् ।

राईले उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेका हुन् ।

प्रदेशसभा सदस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।

पत्रमा संसदीय दलको सदस्य भएको अवस्थामा दलका नेतालाई नसोधी र कुनै जानकारी नगराई प्रदेशसभा समक्ष अविश्वासको प्रस्तावमा सही गरेको र अनुशासनको पालना नगरेकाले सोधिएको स्पष्टिकरणको जवाफसमेत नदिएकाले अगामी तीन महिनासम्म दलको कुनैपनि क्रियाकलापमा भाग लिनबाट वञ्चित गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button