मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमत सदस्यबाट अस्विकृत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको बैठक सम्पन्न भएको छ ।

बैठकले प्रदेश सभा दलका नेता एवं मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध संसदीय दलमा पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय गरेको मुख्य मन्त्रीका प्रेस सल्लाहकार धुर्ब बुढाथोकीले जानकारी दिए ।

असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केहि, वरिष्ठ नेता माधवकुमार नेपालका केही र तीनजना पुर्वमाओवादी केन्द्रका गरी १८ जना सांसदले दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दलको कार्यालयमा दर्ता गरेका थिए।

तर सो प्रस्ताव दर्ता गर्ने नेपालपक्षीय सांसदहरूले अविश्वास प्रस्तावबाट पछि हट्ने निर्णय गरेका थिए।

सो प्रस्ताव दर्ता भएपछी दलका प्रमुख सचेतक गुलावजंग शाहले २७ गतेका लागि दलको बैठक डाकेका थिए।

तर, उनलाई प्रमुख सचेतकबाट मुख्यमन्त्रीले हटाएर सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेपछि आजको लागि दलको बैठक डाकिएको हो।

आजको बैठकमा प्रधानमन्त्रीनिकट सांसदहरू भने उपस्थित भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button