मुस्कान खातुनलाई पर्यटनमन्‍त्रीको जन्मदिनमा सहयोग प्रदान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्‍त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तेजाब प्रहारबाट पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगन्जमा खातुनमाथि दुई युवाले तेजाब प्रहार गरेका थिए । तेजाब प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ ।

कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले आफ्नो जन्मदिनका अवसरमा ५० हजार रुपैयाँ नगद सहयोग गरेको उनका सहयोगी प्रेम गुरागाईंले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button