मृगौला पीडितलाई बचाउन वडाध्यक्ष रामकुमार थापाको सक्रियता

रातोपाटीन्युज, सिन्धुपाल्चोक । दुबै मृगौला फेल भएका सुनकोशी गाउँपालिका–७ का रेशम मिजारको उपचारका लागि उक्त गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले लाखौं बढीको सहयोग जुटाईदिदैं आउनु भएको छ । उहाँले ब्यक्तिगत र सहयोगीहरुबाट रेशमको उपचारका लागि नगद जुटाईदिदैं आउनु भएको छ भने अस्पतालमा बिशेष छुट पनि उपलब्ध गराईदिने काम गर्दै आउनु भईरहेको छ ।

केही साता अघि वडाध्यक्ष थापाले मृगौला पीडित रेशमलाई नगद एक लाख सहयोग उपलब्ध गराउनु भएको थियो भने थापाकै पहलमा गत ८ गते नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाको कार्यालय उद्घाटन कार्यक्रममा रेशमको उपचारका लागि थप नगद ५० हजार जुटाएर सहयोग गर्नु भएको थियो।

काँग्रेस नेता कार्यकर्ताबाट संकलन गरिएको उक्त रकम नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको बाहुलीबाट मृगौला पीडित मिजारलाई सहयोग गरिएको थियो ।

मानव धर्म नै सबैभन्दा ठूलो धर्म र पुन्यको काम भएकोले मृगौला पीडित रेशमको उपचारका लागि आफू लागिरहेको वडाध्यक्ष थापाले जानकारी दिनु भएको छ । दीन दुःखी र गरीब जनताका लागि जनप्रतिनिधि र राजनीतिक दलको नेताको जिम्मेवारी निर्वाह गरिरहेको पनि थापाले बताउनु भयो ।

दुबै मृगौला फेल भएर रेशम अहिले ललितपुरको सुमेरु अस्पतालमा अपचाररत छन् । उनको मृगौला ट्रान्सप्लान्टका लागि १२ लाख भन्दा बढी लाग्ने परिवारजनले बताएका छन् । अत्यन्तै गरिबीका कारण रेशमको उपचारमा ढिलाई भईरहेको छ । सहयोगी मनहरुलाई रेशम मिजारको ९८५९४९७८९४ मा सम्पर्क गरेर सहयोग उपलब्ध गराउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button