मेलम्चीको पानी काठमाडौं ल्याउन काम भइरहेको छः खानेपानीमन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाण्डौँ उपत्यका ल्याउन सरकारले काम गरिरहेको बताएका छन् ।
मन्त्रालय अन्र्तगत नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटनमा उनले काठमाण्डौँबासीलाई मेलम्चीको पानी खुवाउन चाँडो भन्दा चाँडो काम गर्न आफूले गृहकार्य गरिरहेको बताए ।
मन्त्री चौधरीले कर्मचारीको सहयोगमा काठमाण्डौँबासीलाई चाँडो भन्दा चाँडो मेलम्चीको पानी खुवाउने योजना रहेको भन्दै आफुहरुले बनाएको नियम, कानुन र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।
सरकारले मेलम्चीको पानी एकपटक काठमाण्डौँ ल्याइसकेको थियो । तर गत बर्खामा आएको बाढीपछि मेलम्चीको पानी ल्याउन सकिएको छैन् ।
सरकारी सुविधाभोगी हो , काम प्रगतिको दैनिक सरकारी विज्ञप्ति प्रकाशित गर , अनि पत्याउॅला ,
नत्र मन्त्री हौ कि कर्मचारीवर्ग, मेलम्चीको पानी
ख्वाउने हावादारी समाचार न त छाप , न त
उडाऊ । तिमीहरूलाई पत्याइॅदैन !
दैनिक विज्ञप्तिबाट कार्य प्रगति सुनाऊ, नत्र
मेलम्ची हैन , अफिमची बनौला । पत्याउनु
पर्यो नि !