मेलम्ची बाढी अपडेट: दर्जनौं बेपत्ता, आसपासका बस्ती बगायो

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बुदेखि उर्लिएर नदि किनार करिडाेरमा बितण्डा मच्याउँदै आएकाे बाढीले सदरमुकाम चाैतारा जाेड्ने पक्कि पुल बगाएकाे छ । राति करिब पाैने २ बजेकाे समयमा चाैताराबाट नवलपुर हुँदै सवारीबाट मेलम्ची जाेड्ने पुल बाढीले भत्काएकाे हाे ।

याे संगै बाढीले गरेकाे प्रारम्भिक क्षतिहरुमा हेलम्बुकाे नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्याेल्माे बसपार्क, सिटि पार्क रहेकाे स्थानीयले जनाएका छन् ।

मानवीय क्षति सहित मेलम्चिमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, हाेटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौंकाे क्षति भएको स्थानिय रामप्रसाद दुलालले बताउनु भयो ।

प्रहरीका अनुसार, विद्युत अवरुद्ध छ । रातको समय भएकाले क्षतिको कुनै अनुमान गर्न सकिएको छैन ।

आज बेलुका मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो । सोही पहिरोसँगै आएको बाढीले बस्ती बगाएको छ, कतिपय बस्ती डुवानमा छ ।

हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । चनौते बजार पनि डुबानमा परेको छ । कम्तिमा ७ जना स्थानीवासी बेपत्ता भएको प्रारम्भिक अनुमान छ ।

मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले आजकाे रात खुला आकाशमा बिताएका छन् । बाढीकाे जाेखिम झनै बढेपछि सुरक्षित स्थान खाेज्दै बिस्थापितले रात कटाएका छन ।

अविरल बर्षाका कारण उर्लदाें खाेलाले घर कटान गर्ने सम्भावना भएकाले नदि करिडाेरका बासिन्दा माथि माथि सरेर ज्यान जाेगाउनेतिर लागेका हुन् । हेलम्बुका किउलबासी घरमाथि रहेकाे बारीकाे पाटालाई आश्रय लिएर सुरक्षित स्थानमा सरेकाे किउलका अर्जुन भण्डारीले जानकारी दिनुभयो। खाेलाकाे वहाव अझै उस्तै रहेकाले गाउँवासीमा त्रास अझै बढेकाे उहाँको भानाइ छ । ग्याल्थुमवासी पनि भागदाैडपछि बस्तीमाथि सरेका छन् ।

यता मेलम्ची बजारका स्थानीय आफ्नाे थलाे छाडेर सार्वजिक जग्गामा बसेका छन । स्थानिका अनुसार मेलम्चीवासीले आजकाे रात ज्यान जाेगाउन नगरपालिकाकाे कार्यालयकाे प्रांगण, शेरा फाँट, ईन्द्रावती क्याम्पसलाई रात कटाउने थलाेका रूपमा लिएका छन् ।

बाढीले दर्जनाैं बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । बिद्युत आपुर्ती बन्द भएकाले उद्दार गर्न सकिएकाे छैन । कति क्षति भयाे भन्ने एकिन हुन सकेकाे छैन ।

वर्षा नथामिएकाले समस्या उत्पन्न भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिनुभयो । हेलम्बुमा रहेकाे प्रहरी कार्यालय भवनसम्म बाढी पसेकाे छ । सडकहरू बगाएकाे स्थानीयले जानकारी दिएका छन ।

मेलम्ची आयाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेकाे छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिनुभयो ।

घटनाकाे थप बिस्तृत विवरण अझै आउन बाँकी छ साझ पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दा माथी भीषण पहिरोले इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो ।

उता हेलम्बु गाउँपालिका-१ मेलम्ची खानेपानी मुहान माथी नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button