मोटरसाइकल दुर्घटना हुदाँ दुई युवकको मृत्यु

सुर्खेत । छिन्छु देखी कोहलपुरतर्फ जाँदै गरेको लु ८० प ८४९३ को बाइक भेरिगंगा नगरपालिका वडा न. ४ अन्तर्गत हरेँ चेकपोस्ट भन्दा अगाडि राती ११ बजे दुर्घटना भएको हो।

दुर्घटना परी मोटरसाइकलमा सवार भेरिगंगा नगरपालिका झिरमिले बसोबास गर्ने वर्ष २० का योगेश सिजाली, सोही बाइकमा सवार अर्का व्यक्ति वर्ष १७ का योगेश बुढा सडक देखी २०० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको जि.प्र.का सुर्खेतका डिएसपी राम प्रसाद घर्ती मगरले रातोपाटी न्युजलाई जानकारी दिए ।

बाईक अनियन्त्रित सडक भन्दा २०० मिटर तल भिरमा खसेको अनुमान गरिएको र पोस्टमाडमको लागि प्रदेश अस्पतालमा पठाइएको जि.प्र.का सुर्खेतले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button